Friday, March 24, 2017  |    

श्रद्धाले गरिन घरको खाना नखाने निर्णय

प्रकाशित मिति: 2016/12/06

मुम्मई । बलिउडमा नायिका श्रद्धा कपुरको क्रेज बढ्दो छ । यही कारण फिटनेशमा विशेष ध्यान दिइरहेकी छिन् । श्रद्धा कपुरका लागि अहिले घर बाहिरको खाना मगाउन थालिएको छ । बलिउडमा आफूसँगै प्रतिस्पर्धी नायिका बढेपछि श्रद्धाले अभिनयसँगै फिटनेशनमा पनि ध्यान दिन थालेकी हुन् ।
यसका लागि श्रद्धाले प्रत्येक महिना १ लाखको खाना बाहिरबाट मगाउन थालेको भारतीय मिडियामा उल्लेख छ । उनको टिफिनमा ६ प्रकारका मिल्स समावेश छ । यसमा प्रोटिन, नट्स, वीन्स, सलाद लगायतलाई मिश्रण गरिएको छ । श्रद्धा घरको खाना छाडेर बाहिर खाना खाएर दुब्लाउन चाहन्छिन् ।

उनले सेलिब्रेटी ट्रेनर र न्यूट्रिसियन समेत राखिसकेकी छिन् । यसका साथै, उनले विशेष टिफिनका लागि १ लाख खर्च गरिरहेको मिडियाको दाबी छ । श्रद्धा आफू अझै फिट रहन चाहन्छिन् । एकपछि अर्को लभस्टोरी चलचित्रमा काम गर्न थालेपछि श्रद्धा आफ्नो फिटनेशमा सजग हुन थालेकी हुन् ।

 

तपाईंको बिचार