Tuesday, November 21, 2017

पोखरामा पिच सडक भासिदा यात्रुबस भ्वाङमा

प्रकाशित मिति: 2016/12/06

मंसिर २१, पोखरा । पोखरामा गुडिरहेको बस एक्कासी भ्वाङमा परेको छ । पोखरा बाटुलेचौरको चमेरेगुफा जाने बाटोको पिच सडक भासिदा यात्रुबस सो भ्वाङमा परेको हो ।
चमेरेगुफाबाट लामाचौरतर्फ आउँदै गरेको ग १ ख ७०३३ नम्बरको बस विहान ५ बजे नै भ्वाङमा परेको  थियो । गुडिरहेका बेला एक्कासी भ्वाङ पर्दा बस भ्वाङमा परेको स्थानियले बताए ।
भ्वाङमा परेको बस क्रेनको सहायताले निकालिएको छ । करीब साढे २ घण्टा पछि निकालिएको सो बसमा सामान्य क्षति पुगेको छ ।
खानेपानीको पाइप फुटेर पानी लिक भएर जमेका कारण भ्वाङ परेको नेपाल खानेपानी संस्थान पोखराका प्राविधिक तथा विन्ध्यवासीनी खानेपानी इकाइका प्रमुख दिनेश्वर प्रसाद यादवले बताए ।

कालीखोलाबाट ल्याइएको पानीको पाइप फुटेको उनको भनाई छ । घटनापछि आफूहरु थप सचेत भई पाइपबाट पानी चुहिन नदिने प्रयासमा जुट्ने उनले बताए । यसअघि पनि पोखराका बिभिन्न स्थानमा जमिन भासिने गरेको थियो ।

 

तपाईंको बिचार