Saturday, August 19, 2017  |    

संविधान संशोधन प्रस्ताव पारित हुँदैन :कमल थापा

प्रकाशित मिति: 2016/12/06

मंसिर २१, काठमाडौं । सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधन प्रस्ताव संसदबाट पारित नहुने बताएका छन् ।
संसदबाट पारित नै नहुने विधेयकलाई छलफल गर्न नदिँदा प्रमुख प्रतिपक्ष नेकपा एमालेको नियतमा प्रश्न खडा भएको उनले बताए ।
मंगलबार काठमाडौंमा आयोजित साक्षात्कारमा अध्यक्ष थापाले अहिलेको संसदको बनावट हेर्दा त्यो सरल रुपमा पास हुनसक्ने अवस्था पनि छैन । त्यस्तो अवस्थामा अनिश्चितकालसम्म संसदलाई अवरुद्ध गराउनुको पछाडिको नियतबारे गम्भीर प्रश्न खडा भएको छ ।’

उनले संविधान संशोधनका केही दफाहरु राष्ट्रिय हित अनुकुल नभएको दाबी समेत गरे । त्यही भएर राप्रपालाई संशोधन प्रस्ताव मान्य नभएको उनले प्रष्ट पारे ।
‘मधेस केन्द्रित दलहरुलाई पनि चित्त बुझेको छैन । पाँच नम्बर प्रदेशका जनता आन्दोलनमा छन् । संसद अबरुद्ध भएको छ । साथसाथै केही दफाहरु राष्ट्रिय हित अनुकुल छैन भन्ने हाम्रो ठहर छ,’ उनले भने ।
नयाँ शिराबाट छलफल गरी संविधान संशोधन प्रस्ताव संशोधन गर्नुपर्ने आवश्यक्ता उनले औंल्याए । अध्यक्ष थापाले राजनीतिक नेतृत्व एकतावद्ध नभए मुलुक संकटमा फस्ने चेतावनी पनि दिए ।
अध्यक्ष थापाले मुलुकलाई विखण्डनतर्फ लैजानेहरु सल्बलाइरहेको भन्दै सचेत भएर अघि बढ्नुपर्ने धारणा राखे ।

 

तपाईंको बिचार