Tuesday, December 12, 2017

एमाले संसोधनमा सहमति नजाएकोमा पछुताउनेछ :प्रधानमन्त्री

प्रकाशित मिति: 2016/12/07

मंसिर २२, दाङ । प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन प्रस्ताव परिमार्जन हुन सक्ने तर कुनै हालतमा फिर्ता नहुने बताएका छन ।
दाङको राप्ती नदीमा सिसहनिया महदेवा जोड्ने पुलको शिलान्यास समारोहलाई बुधबार देउखुरीमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘म प्रधानमन्त्री रहँदासम्म यो संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता हुँदैन बरु संसदीय प्रक्रियाभित्रै रहेर परिमार्जन हुनसक्छ ।’
प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्ताव राष्ट्रघाती भएको भन्दा फिर्ता गर्न दवाव दिदै आएका बेला प्रधानमन्त्रीले फिर्ता गर्न नसकिने बताएका हुन् । उनले संविधान संशोधनको विरोधमा आन्दोलनरत दलहरुलाई आन्दोलन छाडेर सहमतिमा आउन अपिलसमेत गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले अहिले आन्दोलनरत एमालेले पनि गल्ती महसुस गर्ने बताए ।
सरकारले हिमाल पहाड तराई जोडेर एकताबद्ध गर्न खोजेको रहेछ, राष्ट्रिय एकता मजबुत गराउन खोजेको रहेछ, तर हामीले त बिखण्डन पो गर्न खोजेका रहेछौं भनेर एमाले पछुताउने पनि उनले बताए ।

 

तपाईंको बिचार