Monday, December 11, 2017

संसोधन प्रश्ताबको बिरोधमा संसद अवरोध कायमै

प्रकाशित मिति: 2016/12/07

मंसिर २२, काठमाडौं । सरकारले ल्याएको संविधान संशोधन विधेयक फिर्ता गर्नु पर्ने माग गर्दै विपक्षी दलहरुले सोमबार पनि व्यवस्थापिका संसद बैठक अवरुद्ध पारेका छन् ।
बैठक सुरु हुनासाथ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विशेष समय लिएर बोल्दै संशोधनको विरोध गरे ।
ग्रान्डडिजाइन अन्र्तगत संशोधन प्रस्ताव आएको भन्दै उनले कुनै हालतमा स्वीकार्य नहुने बताए । अहिले ५ नम्बर प्रदेशलाई टुक्र्याउने र त्यसपछि पूर्व र पश्चिम माग्ने योजना रहेको भन्दै उनले सिंगो मधेसलाई पहाडबाट अलग गरेर सिक्किम नबाएसम्म यो जारी रहने दाबी गरे । उनले भने, ख्यालठ्ट्टा होइन । ठूलो षड्यन्त्र भइरहेको छ ।’
केसीले बोले लगत्तै विपक्षी सांसदहरु आआफ्नो स्थानमा उभिए । सभामुख ओनसरी घर्ती मगरले पटकपटक बस्न आग्रह गर्दा पनि विपक्षी सांसदहरुले अस्वीकार गरे ।

यसअघिका बैठकहरुमा विपक्षी सांसदहरुले विरोध गार्नसाथ संसद स्थगित भएको घोषणा गरेपनि सोमबारको बैठकमा भने सभामुखले सोमबार विपक्षीलाई केही मिनेट उभ्याइन् ।
पटकपटक बसौं माननीय सदस्यहरु भन्दै मौन बसिन् । र, विपक्षीले अवरोध कायम राखेपछि सभामुख घर्तीले संसद बैठक २४ गतेसम्मका लागि स्थगित गरिन् ।

 

तपाईंको बिचार