Wednesday, May 24, 2017  |    

सरकार परिवर्तनको कुनै संभावना छैन :सिटौला

प्रकाशित मिति: 2016/12/08

मंसिर २३, बिराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले स्थानीय निकायको निर्वाचन नहुन्जेल सरकार परिवर्तन नहुने बताएका छन् ।
बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेता सिटौलाले सरकार परिवर्तनसम्बन्धी हल्ला हावादारी भएको टिप्पणी गरे ।
संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्तावमा सबै दलबीच छलफल र आपसी सहमतिबाट पारित हुने उनले बताए ।
स्थानीय निकायको पुनःसंरचनाका विषयलाई लिएर विभिन्न ठाउँमा भइरहेको आन्दोलन अधिकारको अन्दोलन भएको उनले बताए । सबै दल एक ठाउँमा उभिनुको विकल्प नभएको भन्दै कांग्रेसका नेता सिटौलाले भने, ‘समस्या समाधानका लागि आन्दोलनरत दुवै पक्ष लचक भएर वार्तामा आउनुपर्छ ।

 

तपाईंको बिचार