Monday, July 24, 2017  |    

अख्तियारको विगतको कार्यशैलीले कार्यकारी प्रमुख को हो भनि बहश गर्नु पर्ने भयो :प्रधानमन्त्री

प्रकाशित मिति: 2016/12/09

मंसिर २४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अख्तियारको अधिकार बढाउनु पर्ने मागको विपक्षमा देखिएका छन् । अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीप्रति लक्षित गर्दै उनले, ‘म नै राज्य हुँ’ भन्ने खतरा देखिएको बताए ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा अख्तियारले गरेको कार्यक्रममा सचिव तथा आयुक्तहरुले संविधानले अख्तियारको अधिकार कटौती गरेको गुनासो गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले यसबारे सरकारको ध्यानाकर्षण भएको बताए । तर, एउटा विभाग वा संस्थाले मात्र भ्रष्टाचार नियन्त्रण गर्छ भनेर सोच्नु अबस्तुवादी हुने उनले बताए । हामीले जे भोगिराखेका छौं भन्दै उनले भने, ‘अख्तियार दुरुपयोग नियन्त्रण गर्ने सन्दर्भमा राज्यद्वारा गठन गरिएको विभागले आफूलाई राज्यभन्दा पनि माथि ठान्न सक्ने खतरा बढ्दै गएको उनले बताए ।
सम्वन्धित विभागलाई जिम्मा दिएपछि सहज रुपमा काम गर्ने वातावरण नहुने खतरा पनि रहने उनले बताए ।
प्रधानमन्त्रीका हैसियतले अहिले मात्र भनेको होइन । अघिल्लो सरकारको बेलामा पनि । हामी क्लियर हुनुर्पयो राज्यको कार्यकारी प्रमुख को हो ? बहस गर्नु पर्ने त होइन कतै ? भनेर भन्ने गरेको छु ।’
संवैधानिक कानुनी रुपमा एउटा व्यवस्था भएपनि व्यवहारमा अर्को हुन जाने खतरालाई रोक्नु पर्ने उनले बताए ।

 

तपाईंको बिचार