Tuesday, June 27, 2017  |    

संविधान संशोधन होइन चुनाव घोषणा गर :सुवास नेम्वाङ

प्रकाशित मिति: 2016/12/09

मंसिर २४, विराटनगर । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान संशोधनका लागि सरकारले संसदमा पेश गरेको बिधेयक फिर्ता नलिएसम्म सदन र सडकको आन्दोलन नरोकिने बताएका छन् ।
विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै बिघटित संविधानसभाका अध्यक्ष समेत रहेका नेम्वाङले सरकारले संविधान संशोधन बिधेयक संविधानको व्यवस्था विपरित ल्याएको बताए ।
उनले ९० प्रतिशत जनप्रतिनिधिको सहमतिमा निर्माण भएको संविधान विरुद्ध केही व्यक्तिले बोल्दैमा संशोधन गर्दै जाने हो भने संविधान कार्यान्वयन नै हुन नसक्ने दावी गरे ।
उनले सरकारले संविधान संशोधन भन्दा पनि तीन तहको निर्वाचनको घोषणा गरे आफूहरु चुनावमा भाग लिन तयार रहेको जानकारी दिए ।

 

तपाईंको बिचार