Friday, January 19, 2018

गठबन्धन तथा थरूहट थारूवानद्वारा कैलाली बन्द

प्रकाशित मिति: 2016/12/09

मंसिर २४, कैलाली । सङ्घीय गठबन्धन तथा थरूहट थारूवान् सङ्घर्ष समितिले शुक्रबार कैलाली बन्द गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारले ल्याएको अपूरो संविधान संशोधनको विरोधमा व्यापार, व्यवसाय, उद्योग, शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी संस्था तथा यातायात एक दिनका लागि बन्द गरिदिन अनुरोध गरिएको एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
सङ्घीय गठबन्धन तथा थरूहट, थारूवान् सङ्घर्ष समिति कैलालीका कार्यवाहक अध्यक्ष कृष्णकुमार चौधरीले बन्दको अवज्ञा गरी भएको क्षतिमा स्वयम् व्यवसायी वा राज्य जिम्मेवार हुनेसमेत बताएका छन् । बन्दमा अति आवश्यकीय सवारीसाधन एम्बुलेन्स, दमकल, सुरक्षाकर्मी, पत्रकार, कूटनीतिक नियोगलाई भने छुट गरेको बताइएको छ ।

 

तपाईंको बिचार