Monday, December 11, 2017

संबिधान कार्यान्वयनका लागि दलहरुको बिचको एकता आवश्यक :राष्ट्रपति

प्रकाशित मिति: 2016/12/11

मंसिर २६,काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान राजनीतिक गतिरोध अन्त्य गरी संविधान कार्यान्वयनमा दलहरु मिलेर जानुको बिकल्प नभएको बताउनुभएको छ ।
संविधान संशोधन प्रस्ताव दर्तासंगै दलहरुबीच धुव्रिकरण बढेकोप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनको बिषयमा दलहरुबीच समझदारी कायम हुनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहालसंग आज बिहान शितल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले पछिल्लो राजनीतिक घटनाक्रमप्रति चासो राख्दै संविधान संशोधनको बिषयमा दलहरुबीच देखिएको धुव्रिकरणले संविधान कार्यान्वयनमा चुनौती थप्न सक्ने बताउनुभएको हो । भेटमा प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनकै लागि संविधान संशोधन प्रस्ताव दर्ता गराएको भन्दै एमालेको असहयोगका कारण गतिरोध बल्झिएको गुनासो गर्नुभएको थियो । उहाँले समस्या समाधानका लागी प्रमुख दलहरुबीच थप छलफल गरि निकास निकाल्न पहल गर्ने बताउनुभएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले पछिल्लो राजनीतिक घटनाक्रम र सहमतिका लागी सरकारका तर्फबाट भइरहेको प्रयासवारे उहाँहरुबीच कुराकानी भएको जानकारी दिनुभयो ।

 

तपाईंको बिचार