Thursday, March 23, 2017  |    

लेबनानले दुई नेपाली महिलालाई देश निकाला गर्यो

प्रकाशित मिति: 2016/12/11

मंसिर २६, काठमाडौं । लेबनान सरकारले अधिकारकर्मी बनेर अबैधानिक नेपाली कामदारलाई सहयोग गरेको भन्दै दुई नेपाली महिला कामदारलाई देश निकाला गरेको छ ।
लेबनान अध्यागमनले सुजना राना र रोजी लिम्बुलाई पक्राउ गरेको थियो । अब नेपाल डिपोर्ट गर्ने भएको छ । अध्यागमनले उनीहरुमाथि अवैधानिक नेपाली कामदारलाई सघाएको र घरेलु कामदार भएर अधिकारकर्मी बनेको आरोप उनीहरुलाई लगाएको हो ।
सुजना र रोजी लेबनानमा रहेका घरेलु कामदारहरुको हकहितका लागि काम गर्दै आएका थिए । उनीहरुले नेपाली महिलाहरुको समूह ‘नारी’ समेत बनाएका थिए ।
उनीहरुलाई देश निकाला गर्ने निर्णयको त्यहाँका नागरिक समाज लगायतले प्रश्न उठाएका छन् । उनीहरुलाई कानुन व्यवसायी राख्न र आफ्नो बचाउ गर्ने मौका दिनुपर्ने र दोषी देखिएमात्र देश निकाला गर्नुपर्ने आवाज उठेको हो ।

 

तपाईंको बिचार