Wednesday, March 29, 2017  |    

नाइजेरियामा निर्माणाधिन छत खस्यो, ६० को मृत्यु

प्रकाशित मिति: 2016/12/11

मंसिर २६, काठमाडों । नाइजेरियाको दक्षिण पूर्व शहर उयोमा एक चर्चको छत खस्दा ६० जनाको मृत्यु भएको छ । छत खस्दा कयौं व्यक्ति पुरिएको अनुमान गरिएको छ । सयौं मानिसहरु एक धार्मिक समारोहमा सहभागी भएको बेला उक्त दुर्घटना भएको जनाइएको छ ।
नाइजेरियाको अकला इबूम प्रान्तका गभर्नर पनि छत खस्दा चर्चमा थिए । उनी बचेका छन् । राष्ट्रपति मोहमद बुहारीले दुर्घटनामा गहिरो दुख व्यक्त गरेका छन् ।

 

तपाईंको बिचार