Wednesday, April 26, 2017  |    

इस्तानबुलमा बिस्फोट, २९ जनाको मृत्यु

प्रकाशित मिति: 2016/12/11

मंसिर २६,टर्की । टर्कीको सवैभन्दा ठूलो सहर इस्तानबुलको मध्यभागमा शनिबार राति भएको दुईवटा बम बिस्फोटमा परी २९ व्यक्तिको मृत्यु भएको छ ।
विस्फोटमा परी २७ प्रहरी अधिकृत र दुई सर्वसाधारणको मृत्यु भएको छ । उक्त घटनामा अन्य १६६ जना घाइते भएका स्थानीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
बेसिक्टास जिल्लाको खेलमैदानमा फुटबल प्रतियोगिता सकिएको डेढ घण्टापछि मानिसहरुको भिडभाड भइरहेका बेला ड्युटीमा रहेका प्रहरीलाई लक्षित सो विस्फोट गराइएको गृहमन्त्री सुलेम्यान सोएलुले पत्रकार सम्मेलनमा जानकारी दिए । फुटबल प्रेमीहरुले खेलमैदान छाडेपछि मात्रै घटनास्थलमा विस्फोट भएको उपप्रधानमन्त्री नुमान कुर्तुल्मुले बताउनु भयो । बिस्फोट धेरै शक्तिशाली भएको र बोस्फोरसको दुवै तर्फ सुनिएको थियो ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको र १७ जनाको शल्यक्रिया भईरहेको स्वास्थ्य मन्त्री रेसेप आक्डगले जानकारी दिए । राष्ट्रपति रेसेप तायिप एर्दोगानले ट्विटर एकाउण्टमा ’हाम्रो संघर्ष जारी छ,’ लेखेका छन् ।
इस्तानबुलमा पछिल्लो बम आक्रमण गत जुनमा भएको थियो । त्यतिबेला अन्तर्राष्ट्रिय विमानस्थलमा तीन वटा आत्मघाती बम हमला भएका थिए भने ४५ जनाको मृत्यु भएको थियो ।

 

तपाईंको बिचार