Wednesday, August 23, 2017

गुल्मी १३ दिनदेखि ठप्प, जनजीवन कष्टकर

प्रकाशित मिति: 2016/12/12

मंसिर २७, गुल्मी । अनिश्चितकालीन बन्दले गुल्मीको जनजीवन कष्टकर बनेको छ । सरकारले संबिधान संशोधनमा पाँच नम्बर प्रदेशका पहाडी जिल्ला टुक्राएको बिरोधमा गुल्मीमा १३ दिनदेखि अनिश्चितकालीन बन्दले जनजिवन कष्टकर बन्दै गएको छ ।
बन्दकर्ताले बिहानैदेखि बन्दा गराउदै हिड्नाले जिल्लाको सदरमुकाम तम्घाससँगै ग्रामीण भेगका मुख्य बजार, कलकारखाना तथा जिल्लाबाट छुट्ने छोटो तथा लामो दूरीका सवारी साधन चल्न सकेका छैनन् ।
सदरमुकाम तम्घाससहित बलेटक्सार, रिडी, खैरेनी, शान्तिपुर, मजुवा, भुवाचिदी, वामीटक्सारका मुख्य बजारमा पनि बन्दकर्ताले बन्द गराउदै आएका छन् । संबिधान संसोधनको बिरोधमा गुल्मीमा सोमवार पनि सरकारी कार्यलयमा कामकाज ठप्प पार्न धर्ना दिईरहेका छन् ।

अन्दोलनरत उद्योग वाणिज्य संघ, स्थानिय राजनितिकदल, बिभिन्न बिद्यार्थी संगठन, पत्रकार महासंघ, लोक दोहोरी प्रतिष्ठान, नागरिक समाज लगायत स्थानिय बासीले जिल्ला प्रशासन कार्यालय गुल्मी र जिल्ला बिकास समितिको कार्यालयमा धर्ना दिदै आएका छन् ।
यसैबीच आज बृहत सभाको आयोजना गरिएको छ । सभालाई सम्बोधन गर्न नेपाली केन्द्रिय सदस्य एबं संसद चन्द्र भण्डारी,  नेकपा एमालेका नेता प्रदिप ज्ञवाली माओवादी केन्द्र नेता एबं संसद टोपबहादुर रायमाझी तथा जिल्लाका शीर्ष नेता लगायतले सम्बोधन गर्ने कार्याक्रम रहेको संयुक्त अन्दोलन समितिले गुल्मीले जनाएको छ ।

 

तपाईंको बिचार