Saturday, April 29, 2017  |    

निजामतीको उमेरहद ६० वर्ष बनाउन लागिएको प्रति क्रान्तिकारीको आपत्ति

प्रकाशित मिति: 2016/12/12

मंसिर २७, काठमाडौं । सरकारले निजामती सेवा ऐन संशोधन गरी उमेरहद वढाएर ६० वर्ष वनाउन लागेकोमा सत्तारूढ माओवादी केन्द्र निकटकै विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले आपत्ति जनाएको छ ।

अखिल (क्रान्तिकारी)का वरिष्ठ उपाध्यक्ष रञ्जित तामाङले निजामती सेवामा विद्यमान ५८ वर्षे उमेरहद वढाई ६० वर्ष वनाउने प्रावधान युवा विद्यार्थीलाई स्वीकार्य नहुने वताए ।
आज पशुपति क्याम्पसमा आयोजित कार्यक्रममा उपाध्यक्ष तामाङले भने, ‘हजारौं नव युवालाई निजामती सेवामा प्रवेश रोक लगाउने षड्यन्त्र स्वरुप आएको यो प्रावधान हामी किमार्थ स्वीकार्दैनौं ।’

आजको युगमा नयाँ पुस्तालाई भित्र्याउन ५८ वर्ष समेत घटाउनुपर्ने स्थिति छ भन्दै सामन्य प्रशासन मन्त्रालयले संसदमा दर्ता गर्न लागेको संशोधन विधेयक तत्काल नरोकिए आन्दोलनमा जाने चेतावनी उपाध्यक्ष तामाङले दिए ।

 

तपाईंको बिचार