Sunday, August 20, 2017  |    

पहिचानका कुरा गर्नेहरुले द्धन्द्ध बढाए :ओली

प्रकाशित मिति: 2016/12/12

मंसिर २७, नेपालगञ्ज । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान संशोधन प्रस्ताव फिर्ता गरेर कार्यान्वयनमा जान  र निर्वाचनमा लाग्न आग्रह गरेका छन् ।
सरकारले अनुचित, जनचाहना विपरित र राष्ट्रहीत विपरितको संशोधन फिर्ता नहुँदासम्म संसद चल्न नसक्ने तर्फ उनले संकेत गर्दै भने , ’पहिचानका नाममा जनता अल्मल्याउने र भ्रममा पारेर राष्ट्रिय एकता कमजोर पार्ने षडयन्त्र भइरहेको छ ।’
जातीय र साम्प्रदायिक भावना भड्काएर द्वन्द्व उद्योग खोल्न खोजिएको आरोप लगाउँदै ओलीले जायज कुरा गर्दा नश्लवादी भनिएको टिप्पणी गरे । एमालेनिकट निजामती कर्मचारी संगठनको महाधिवेशन उद्घाटनका लागि सोमबार बिहान नेपालगन्ज आइपुगेका उनले प्रेस चौतारी बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा भने, ’पहिचान भन्दै विष फैलाउन खोजिँदैछ ।

वर्गीय समस्या, थिचोमिचो र विभेदलाई जातीय भनेर माओवादीले वर्ग छाडेर जातको राजनीति गरेकाले समस्या बल्झिएको ओलीले आरोप लगाए । ‘हाम्रो राष्ट्रिय एकता, उन्नती, विकास र सद्भावविरुद्ध द्वन्द्वको उद्योग खोल्न खोजिएको छ,’ उनले द्वन्द्व उद्योगको व्याख्या गर्दै भने, ’गत वर्ष टीकापुरमा अघिल्लो दिन एउटा जातको नाममा बितण्डा गरियो । अर्को दिन अर्काको नाममा आगजनी गरेर द्धन्द्धको खेति गरिएको उनले बताए ।

 

तपाईंको बिचार