Friday, April 28, 2017  |    

नायिका रेखा थापा राप्रपामा प्रवेश

प्रकाशित मिति: 2016/12/12

मंसिर २७, काठमाण्डौ । अभिनेत्री रेखा थापा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेकी छन् ।
सोमबार बिहान काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष थापाले टीका लगाएर अभिनेत्री रेखालाई पार्टी प्रवेश गराएका हुन् ।
उनीसँगै उनकी आमा सरस्वती थापा पनि राप्रपा प्रवेश गरेकी छन् । पार्टी प्रवेशसँगै कमल थापाले दुवैलाई स्वागत गरेका थिए ।
रेखा २०७० साल जेठ ४ गते एमाले नेतृ उर्मिला अर्यालसहित तत्कालिन एमाओवादी (हालः माओवादी केन्द्र) मा प्रवेश गरेकी थिइन् ।

 

 

तपाईंको बिचार