Friday, October 20, 2017

वर्षा राउतले काटेको बर्थ डे केक पहिले को स्टार त्यसपछि मात्र ब्वाइफ्रेन्डको मुखमा

प्रकाशित मिति: 2016/12/14

काठमाडौं, २९ मंसिर ।  आज बिहान कलाकार संजोग कोइरालाले फेसबुकमा पोस्ट लेख्दै आफ्नी प्रेमिका नायिका वर्षा राउतलाई जन्मदिनको शुभकामना दिए । उनले वर्षासँगको आफ्नो फोटो पोस्ट गरेर कामना दिए। 

वर्षाले पनि जन्मदिन दर्शक साथै प्रेमी संजोगसँग मनाइन्। उनले आज कुमारी हलमा जात्राको शो सकेर निस्किएका दर्शक र केही पत्रकार सामु केक काटेकी हुन्। 

फिल्म जात्रा युनिटले उनको जन्मदिन सेलिव्रेसनमा उनलाई साथ दिए। उनले केक सुरुमा कलाकार विपिन कार्कीलाई खुवाइन् र त्यसपछि प्रेमी कोइरालालाई। वर्षा आजबाट २३ वर्षमा टेकिन्। 

सिन्धुलीकी वर्षा राउत र संजोग केही समय यता प्रेम सम्बन्धमा छन्। र, सार्वजनिक कार्यक्रमहरुमा पनि सँगै देखिदै आएका छन्।

तपाईंको बिचार