Wednesday, May 24, 2017  |    

संसोधन थाँती राखेरै भएपनि निर्वाचनमा जानुको विकल्प छैन :गच्छदार

प्रकाशित मिति: 2016/12/14

मंसिर २९, विराटनगर । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संविधान संशोधन विधेयकलाई थाँती राख्न र चुनावमा जाने प्रस्ताव गरेका छन् ।
संविधान संशोधनबारे ठूला तीन दलबीच गम्भिर मतभेद भएकाले यसलाई थाँती राखेर तीनै तहको निर्वाचनमा जानु उपयुक्त हुने उनले बताएका छन् ।
बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले संशोधनलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच देखिएको द्वन्द्वलाई समयमै समाधान नगरे संविधान नै धरापमा पर्ने खतरा रहेको बताए ।
प्रमुख प्रतिपक्ष एमालेलाई बाहिर राखेर संविधान संशोधन गर्न नहुने उनले बताए । ‘एमालेलाई पेलेर सत्ता पक्ष अघि बढ्यो भने राजनीतिक मुठभेड सिर्जना हुन्छ । यस्तोमा मुलुक गम्भिर राजनीतिक संकटमा फस्नसक्छ,’ गच्छदारले भने ।
उनले अहिलेको अवस्थामा पुरानै संरचनामा भए पनि स्थानीय तहको निर्वाचनमा जानुपर्ने बताए ।

 

तपाईंको बिचार