Thursday, April 27, 2017  |    

संसोधन प्रश्ताब पास हुने डरले एमालेले संसद चल्न दिएन :देउवा

प्रकाशित मिति: 2016/12/15

मंसिर ३०, चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्ताव पास हुने डरले एमालेले संसद् चल्न नदिएको आरोप लगाएका छन् । तर, कुनै हालतमा संशोधन प्रस्ताव फिर्ता नहुने उनले बताए ।
कांग्रेस चितवनको सङ्गठन सुदृढिकरण एवम् जागरण अभियान २०७३ को बिहीबार उद्घाटन गर्दै देउवाले एमाले अध्यक्ष केपी ओली र कांग्रेसका तत्कालीन पार्टी सभापति सुशील कोइरालाले हस्ताक्षर गरे अनुरुप नै सीमांकन हेरफेरको प्रस्ताव ल्याएको बताए ।
संशोधन प्रस्ताव पास हुने डरले एमालेले संसद् चल्न नदिएको र जनता उचालेको भन्दै उनले भने, कांग्रेस र माओवादी संशोधनप्रस्ताव कुनै पनि हालतमा फिर्ता लिने पक्षमा छैनन् ।‘
उनले गाउँ विकास समितिलाई गाउँपालिका बनाएर अहिलेकै संरचनामा निर्वाचन गर्न तीन दलबीच सहमति भएको बताए । मुलुक अब चुनावको दिशामा गइसकेको भन्दै उनले भने, अब यसलाई कसैले टारेर टर्दैन ।‘

कार्यक्रममा महामन्त्री डा. शशांक कोइरालाले गुट उपगुट छाडेर संगठन विस्तारमा जोड्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

 

तपाईंको बिचार