Monday, November 20, 2017

एमालेले संसद अवरुद्ध गरेर देशको निकासलाई रोक्यो :प्रचण्ड

प्रकाशित मिति: 2016/12/18

पुस ३, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्तावको विरोधको बहानामा एमालेले देशको निकासलाई रोकेको बताएका छन् ।

संसद अवरुद्ध हुँदा अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफल पनि रोकिएको र निर्वाचनको मिति घोषणा गर्न पनि नदिइएको बताए ।
प्रेस सेन्टर मोरङले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा प्रधानमन्त्री प्रचण्डले राजनीतिक गतिरोध अन्त्य हुने कि नहुने भन्ने कुरा एमालेमा भर परेको भन्दै गैरलोकतान्त्रिक र गैरसंसदीय प्रक्रिया बन्द गर्न एमालेलाई आग्रह गरे ।

‘प्रतिपक्षले तर्क वितर्क गरेर संशोधन प्रस्तावलाई असफल पार्छ भने त्यो उसको अधिकार हो । तर, त्यसको छिनोफानो गर्ने थलो संसद नै हो,’ प्रधामनन्त्री प्रचण्डले भने, ‘त्यसकारण जो साथीहरुले संसद अवरुद्ध गर्नुभएको छ उहाँहरुले अविलम्ब यो गैरसंसदीय, गैरलोकतान्त्रिक प्रक्रियालाई बन्द गर्नुपर्छ । आफ्नो मत संसदभित्रै राख्नुपर्छ र संसदबाट नै यसको टुंगो लगाउनुपर्छ । जति छिटो प्रतिपक्षका साथीहरुले बुझ्नुहुन्छ, त्यति छिटो राजनीतिक गतिरोधको अन्त्य हुन्छ ।’
संविधान संशोधनको उद्देश्य हिमाल, पहाड र तराईलाई जोड्दै राष्ट्रिय एकतालाई बलियो पार्ने संविधान संशोधनको एकमात्र उद्देश्य रहेको उनले बताए ।
विधिसम्मत तरिकाले सरकारले संशोधन प्रस्ताव दर्ता गरेकाले त्यसलाई विधिसम्मत तरिकाले नै छलफल गरेर टुंगो लगाउनुपर्ने उनको भनाइ छ । उनले एमालेले संसद अवरुद्ध गरेर देशको निकासलाई रोकेको आरोप लगाए ।
‘महाअभियोगको प्रस्ताव पनि संसदमा छ । संसद अवरोध गरेपछि त्यो पनि रोकियो । महाअभियोगलाई पनि छिटोभन्दा छिटो टुगो लगाउनु छ । अनि चुनावको मिति घोषणा गर्नुछ ।

तपाईंको बिचार