Thursday, March 23, 2017  |    

ब्लड क्यान्सर परीक्षण अब बिर अस्पतालमा सुरु हुने

प्रकाशित मिति: 2016/12/18

पुस ३, काठमाडौं । नेपालमा पहिलोपटक ब्लड क्यान्सर पत्ता लगाउने प्रविधि भित्रिने भएको छ । काठमाडौंको वीर अस्पतालले ब्लड क्यान्सर एवं स्तन क्यानसर भए नभएको पत्ता लगाउने प्रविधि भित्रयाउन लागेको हो ।

अस्पतालले ‘जेनटिक मोलिक्युल’ युनिट खडा गरेपछि क्यान्सरको सम्भाव्यता पत्ता लगाउने थप प्रविधि भित्र्याउने तयारी गरेको अस्पतालका जेनेटिक वैज्ञानिक बलराम गौतमले जानकारी दिएका छन् । उनका अनुसार नयाँ प्रविधि भित्रिएपछि क्यान्सर रोगको पहिचानसँगै उपचार पनि सहज हुने छ ।
वीर अस्पतालमा अहिले दुईवटा जेनेटिक युनिट छ । उक्त युनिटले कुनै पनि रोग वंशाणुगत भएनभएको पत्ता लगाउने छ । वंशाणुगत रोगमा सिकलसेल एनिमिया, डीएनए, क्यान्सर, हेपाटाइटिस बी, हेपाटाइटिस सील लगायत पर्छन् ।

तपाईंको बिचार