Wednesday, August 23, 2017

तिवारी हत्याको छानबिन गर्न युवा संघको माग

प्रकाशित मिति: 2016/12/20

पुस ५, रुपन्देही । युवा सङ्घ नेपालले आफ्नो रुपन्देही सङ्घका अध्यक्ष दुर्गा तिवारीको हत्याको छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ ।

सङ्घले मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै सङ्घका अध्यक्ष राजीव पहारीले तिवारी हत्याको छानबिन गरी सत्यतथ्य जानकारी बाहिर ल्याई दोषीमाथि कारबाही गर्न माग गरेका हुन् । उनले हत्या राष्ट्रिय अखण्डतालाई कमजोर बनाउन गरिएको तथा प्रदेश नम्बर ५ मा भइरहेको आन्दोलनलाई निस्तेज पार्न तिवारीको हत्या गरिएको भन्दै सरकारले तुरुन्तै छानबिन गर्नुपर्ने बताए ।
उनले सरकारले मंगलबार छानबिन समिति गठन नगरे भोलि बुधबारबाट नेपाल बन्दजस्ता कार्यक्रम गर्ने चेतावनी दिए । पत्रकार सम्मेलनमा हत्याको विरोधमा मंगलबार दिउँसो देशभरि चक्काजाम गर्ने अध्यक्ष पहारीले जानकारी गराए ।

यसैगरी सङ्घले पनि छुट्टै छानबिन समिति गठन गरेको छ । सङ्घका महासचिव किरण पौडेलको संयोजकत्वमा सचिवद्वय नरेश शाही र अशोक चन्द सदस्य भएको समिति गठन गरेको हो । तिवारीको सोमबार गोली हानेर हत्या गरिएको थियो ।

तपाईंको बिचार