Tuesday, August 22, 2017

तिवारीको हत्यामा प्रयोग भएको मोटरसाइकल बरामद, भैरहवाका एक युवक पक्राउ

प्रकाशित मिति: 2016/12/20

पुष ५, भैरहवा । नेकपा एमाले सम्वद्ध युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा प्रयोग भएको मोटरसाइकल फेला परेको छ ।

घटनास्थल देवदहको खैरहनी बजारबाट दक्षिणी पश्चिमी क्षेत्र मणिग्रामको कान्छी बजारमा बेवारिसे अवस्थामा बा ५१ प ८०७३ नम्बरको मोटरसाइकल बरामद भएको रुपन्देहीका डिएसपी एवम् प्रवक्ता बेलबहादुर पाण्डेले बताए ।
बरामद मोटरसाइकल १ सय ५० सिसीको रातो रंगको छ । घटनापश्चात भित्री बाटोको प्रयोग गर्दै भागेका आक्रमणकारीहरुले मुख्य राजमार्गहरुमा प्रहरी गस्ती देखेपछि मोटरसाइकल स्टार्ट अवस्थामै छाडेर भागेको प्ररम्भिक अनुसन्धान खुलेको छ ।

अनुसन्धान विभागको टोली बुटवलमा

घटनाको अनुसन्धानका क्रममा प्रहरीले भैरहवाको एक युवकलाई पक्राउ गरेको स्रोतले बताएको छ । पक्राउ परेको युवाका साथै अन्य बिभिन्न शकांस्पद व्यक्तिहरुसँग पनि प्रहरीले सोधपुछ गरिरहेको छ ।
यसैबीच घटनाको अनुसन्धानका लागि काठमाडौंबाट राष्ट्रिय अनुसन्धान विभागको एक टोली पनि रुपन्देही आइपुगेको छ । टोली जिल्लाको विभिन्न भागमा छरिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले स्रोतले बताएको छ ।

तपाईंको बिचार