Monday, April 24, 2017  |    

दुई नेपाली २१ दिनपछि मुक्त

प्रकाशित मिति: 2016/12/21

पुस ६, काठमाडौं । सुडानबाट अपहरणमा परेका दुई नेपाली २१ दिनपछि मुक्त भएका छन् । संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोगको कार्यालयमा कार्यरत सरुण प्रधान र रमेश कार्की १३ मंसिरमा अपहरणमा परेका थिए । जेनेभास्थित उच्चायोगका प्रवक्ता एडविन एड्वार्डस्ले दुवैजना अपहरणमुक्त भएको जानकारी दिएका छन् ।

पश्चिम डार्फर राज्यको राजधानी जेनेइनाबाट दुई नेपाली र स्थानीय मुसा ओर मोहम्मद मुख्य मस्जिदनजिकैबाट अपहरणमा परेका थिए । उनीहरूलाई अपहरण गर्ने समूहको पहिचान खुल्न सकेको छैन । उनीहरूलाई अपहरणमुक्त गर्न राष्ट्रसंघले निरन्तर विद्रोही समूहसँग विभिन्न च्यानलमार्फत प्रयास गर्दै आएको थियो ।

तपाईंको बिचार