Wednesday, September 20, 2017

उपत्यकामा बन्दको प्रभाव परेन

प्रकाशित मिति: 2016/12/22

पुस ७, काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार बिहानैदेखि गाडीको आवतजावत सामान्य छ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले उपत्यका बन्दको आह्वान गर्दा अन्यौल बढे पनि सवारी साधन निर्वाध चलिरहेका छन्।

यसैबीच प्रहरीले ढुक्क भएर गाडी चलाउन यातायात व्यवसायी र सवारी चालकलाई अनुरोध गरेको छ। यद्यपी बिहानैदेखि काठमाडौंका मुख्य सडकसहित चोक चोकमा प्रहरी खटिएका छन्। यसैबीच बन्द गराउन हिँडेका पार्टीका ११ जना कार्यकर्तालाई प्रहरीले पक्राउ परेका छन् ।

हालसम्म आगजनी र तोडफोडजस्ता कुनै अप्रिय घटनाहरु भएका छैनन् । बन्द घोषणापछि राजधानीमा उच्च सुरक्षा सतर्कता अपानाइएको छ ।

पेट्रोलियम पदार्थमा भएको मुल्यबुद्धिको विरोधमा विप्लव नेतत्वको माओवादीका जनवर्गीय संगठनले बुधवार उपत्यका बन्दको घोषणा गरेको थियो।

तपाईंको बिचार