Monday, December 11, 2017

राजमार्गमा बसको ठक्करबाट बाघको मृत्यु

प्रकाशित मिति: 2016/12/22

पुस ७, काठमाडौं । बर्दिया–पूर्व पश्चिम राजमार्गको कर्णाली र अम्रेनी सडक खण्डको कुँवाभारमा बसको ठक्करबाट एउटा वयस्क पाटे बाघको मृत्यु भएको छ। बुधबार राति धनगढीबाट काठमाडौंतर्फ जादै गरेको ना४ख२८८७ नम्वरको यात्रु बसको ठक्करवाट बाघको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए।

वयस्क भालेबाघ मरेपछि निकुञ्लाई ठूलो क्षति पुगेको थापाले बताए। बस र चालकलाई निकुञ्जले नियन्त्रणमा  लिएर घटना के कसरी भएकाबारेमा अनुसन्धान भइरहेको  निकुञ्ज जनाएको छ।

तपाईंको बिचार