Wednesday, June 28, 2017  |    

कालोमोसो दल्ने अबैध कारिन्दा हुन छाडिदिनु :लोकमानसिंह कार्की

प्रकाशित मिति: 2016/12/23

पुष ८, काठमाडौं । अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीमाथि आक्रमण गर्दै कालो मोसो दल्ने दुई युवालाई सात दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ ।

उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंले सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा चलाउने तयारी गरेको छ । अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थपका लागि शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराएको थियो ।

प्रशासनले ७ दिन म्याद थुनामा राख्न अनुमति दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका निमित्त प्रमुख प्रद्युम्न कार्कीले बताए ।
विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यद्वय प्रकाश शाही र चन्द्रबहादुर बुढाले सर्बोच्च अदालतभित्रै लोकमानलाई आक्रमण गर्दै कालोमोसो दलिदिएका थिए । कालोमोसो दल्ने दाङका शाही र रुकुमका बुढा दुबैलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो ।
सार्वजनिक अपराधको अभियोग प्रमाणित भएमा एक वर्षसम्म कैद सजाय हुनसक्छ । कार्कीले भने दुबैलाई अवोध कारिन्दा भन्दै विना कारबाही छाड्न प्रहरीलाई आग्रह गरेका छन् ।

तपाईंको बिचार