Monday, October 23, 2017

पुर्वराजालाई बोल्ने र हिड्ने स्वतन्त्रता छ, पुष २७ मा बिदा दिनुपर्छ :मन्त्री केसी

प्रकाशित मिति: 2016/12/25

पुष १०,चितवन । शहरी बिकास मन्त्री अर्जुननरसिंह केसीले क्रिश्चियनहरुको पर्व क्रिसमसलाई राष्ट्रिय चाड मानेर विदा दिए जस्तै पुस २७ गतेलाई पनि राष्ट्रिय एकता दिवसका रुपमा सार्वजनिक विदा घोषणा गर्नुपर्ने बताएका छन् ।
मन्त्री केसीले चितवनमा पत्रकारसँग कुरा गर्दै भने आज सरकारले क्रिसमसको सार्वजनिक विदा दिएझै पुष २७ गते राष्ट्रिय एकता दिवसका अवसरमा पनि सार्वजनिक विदा दिइनुपर्छ ।
नेपाल एकीकरणका नायक बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गते राष्ट्रिय एकता दिवसका रुपमा विदा दिलाउन पहल गर्ने उनले बताए । विदाको निर्णय गर्ने काम सरकारको भएको भन्दै उनले आफ्नो यसमा निरन्तर जोड रहेको बताए ।
नेपाल प्रेस युनियन चितवन शाखाले भरतपुरमा निर्माण गर्दै गरेको भवनको निरीक्षण पछि पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान कार्यान्वयनका लागि सबै दल एकै ठाउँमा उभिनुको विकल्प नरहेको बताए । ठूला तीन दल र मधेसी मोर्चा एकै ठाउँमा बसेर अहिलेको समस्याको निकास निकाल्नुपर्ने बताए ।

अर्को एक प्रसंगमा मन्त्री केसीले पूर्वराजा ज्ञानेन्द्र पनि यो देशको नागरीक भएकाले बोल्न, हिँड्न डुल्न पाउने अधिकार रहेकाले सानातीना कुरामा ठूलाठूला टिप्पणी जरुरत नरहेको बताए ।
उनकै दलका नेतासमेत रहेका गृहमन्त्री बिमलेन्द्र निधीले मन्त्रिपरिषदमै दरवार हत्याकाण्डको प्रतिवेदन खोलेर ज्ञानेन्द्रलाई कारवाहीको दायरमा ल्याउन प्रस्ताव गरेलगत्तै केसीको यो भनाई आएको हो ।

 

तपाईंको बिचार