Sunday, March 26, 2017  |    

भारतमा नेपाली ट्यांकर चालकमाथि गोली प्रहार

प्रकाशित मिति: 2016/12/27

पुष १२, वीरगन्ज । भारतको बरौनीबाट ईन्धन बोकेर पोखराका लागि छुटेको ना ५ ख ८८४५ नम्बरको ट्यांकर चालकलाई भारतको रक्सौलमा अज्ञात दुई जनाले गोली प्रहार गरी भारु चार हजार पाँच सय लुटेर लगेका छन् ।
सीमावर्ती भारतको रक्सौल बजारबाट तीन किलोमिटर अगाडि अज्ञात समूहले सुरुमा ट्यांकर चालक अमलेखगन्ज ४ बस्ने तुलाराम उपाध्यायलाई कटुवा पेस्तोलले टाउकामा हान्दा प्रतिकार गरेपछि चालकलाई बायाँ खुट्टामा गोली प्रहार गरी घाइते पारेर सो रकम लुटि लगेको पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार शाहले जानकारी दिए ।

चालकको अवस्था सामान्य छ । चालकले भारतीय प्रहरी तथा नेपाल प्रहरीलाई नभई अमलेखगन्ज प्रहरीलाई जानकारी दिएको जनाइएको छ ।

 

तपाईंको बिचार