Wednesday, March 29, 2017  |    

बिपी बिचार प्रतिष्ठानले गोष्ठी आयोजना गर्ने

प्रकाशित मिति: 2016/12/27

पौष १२, काठमाण्डौ । जननायक बिपी कोईरालाको ४० औ राष्ट्रिय एकता र मेलमिलाप दिबसको अवसर पारेर बिपी चिन्तन प्रतिष्ठान काभ्रेले यही पुष १८ गते बनेपा स्थीत पाँचकन्या बान्केटमा‘राष्ट्रियता सबलीकरणका लागि नेपाली कांग्रेसको भुमिका बिषयक एक दिने बिचार गोष्ठी आयोजना गर्ने भएको छ ।
कांग्रेस महामन्त्री सशांक कोईरालाको प्रमुख आथित्यतामा हुने उक्त कार्यक्रममा बिपीको बिचार र नेपाली कांग्रेसमा भईरहेको राजनीतिक प्रयोगको स्थीतिबारे बिमर्श गरिने बिपी प्रतिष्ठान काभ्रेका अध्यक्ष तथा कांग्रेस काभ्रे जिल्ला पूर्व कोषाध्यक्ष सिबी लामाले जानकारी दिनुभयो ।
राष्ट्रियताको सवालमा दलहरु आआफ्नै कित्तामा उभिने प्रबृत्ति बढेको र बिपीको राष्ट्रिय एकता र मेलमिलापको चिन्तनलाई बिर्सीसकेको परिस्थीतिमा यो बिचार गोष्ठी सार्थक र समय सान्र्दभिक हुने उहाँको भनाई छ ।

 

तपाईंको बिचार