Monday, June 26, 2017  |    

सिन्धुली महोत्सव हुँदै, ऐतिहासिक तथा पर्यटकीय स्थलहरुको हेलिकोप्टरबाट दृश्यावलोकन

प्रकाशित मिति: 2016/12/29

पुस १४, सिन्धुली । सिन्धुलीमा जारी सिन्धुली महोत्सवका अवसरमा हेलिकोप्टरबाट जिल्लाका ऐतिहासिक तथा पर्यटकीय स्थलहरुको दृश्यावलोकन गराउन थालिएको छ । आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले पुस ७ गतेदेखि शुरु भएको महोत्सवमा पर्यटकलाई मनोरन्जन दिलाउन हेलिकोप्टरबाट दृश्यावलोकन गराउन थालिएको हो । उक्त महोत्सव अर्थमन्त्री कृष्ण बहादुर महरालगायत विभिन्न उच्च राजनीति पार्टी तथा संघ संस्थाका व्यक्तिहरुबाट उद्घाटन गरिएको थियो ।

सिन्धुली उद्योग वाणिज्य संघको आयोजनामा हेलिकोप्टरको व्यवस्था गरी ऐतिहासिक सिन्धुलीगढी, पौवागढी, शिद्धबाबा, कमलामाईस्थानलगायतका स्थानको दृश्यावलोकन गराइएको हो । हेलिकोप्टरबाट पुस १८ गतेसम्म दैनिक ५ देखि १० वटा उडान गरी दर्शकलाई मनोरन्जन दिइने उद्योग वाणिज्य संघले जनाएको छ ।

तपाईंको बिचार