Wednesday, May 24, 2017  |    

युवा संघका नेता सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार

प्रकाशित मिति: 2016/12/30

पुष १५, काठमाडौं । नेकपा एमालेनिकट युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार भएको छ । बिहीबार राति बाँकेको कोहलपुरमा अज्ञात समूहको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका बुढाथोकीलाई उपचारका लागि भारतको लखनउ लगिएको युवा संघले जनाएको छ ।

उपचारका लागि काठमाडौं ल्याउने प्रयास गर्दा पनि हेलिकप्टर नमिलेका कारण भारत लगिएको युवा संघका केन्द्रीय सचिवालय सदस्य अशोक चौलागाईले जानकारी दिए । चौलागाईका अनुसार बुढाथोकीको घाँटीमा गहिरो चोट लागेको छ ।
राति नौ बजेतिर बजारमा नै बुढाथोकीको हत्या गर्ने उद्देश्यले आक्रमण भएको भन्दै युवा संघले विज्ञप्ति निकालेर खुकुरी प्रहार गर्नेको खोजी गरी तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ ।

बुढाथोकीमाथि कसले र किन आक्रमण र्गयो भन्ने खुल्न सकेको छैन । युवा संघले भने संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावविरुद्ध एमालेले गरिरहेको आन्दोलनबाट तर्सिएर आफ्ना नेतामाथि निरन्तर आक्रमण भइरहेको जनाएको छ ।
केही दिनअघि युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी हत्या भएको थियो ।

तपाईंको बिचार