Wednesday, August 23, 2017

रातो नम्बर आतंक :झुटो हल्ला मात्र

प्रकाशित मिति: 2016/12/30

पुस १५, काठमाडौं ।  एनसेल नम्बरको मोबाईलमा राति अनौठो नम्बरबाट फोन आयो भने नउठाउनू रे ।

स्क्रिनमा चार वटा अंक आउँछ रे, हेर्दाखेरि भने आठ वटा देखिन्छ रे । फोन आउँदा रातो बत्ती बल्ने र उठाउनासाथै मान्छे मर्छन् रे ।
यस्तै रे रे को हल्ला आजकल चियापसल, सार्वजनिक गाडिमा कसैले कुरा सुरु गर्यो भने हो मा हो मिलाउने थपिदै गएका छन ।
सुन्दै अनौठो लाग्ने भएपनि केही दिन यता यस्ता हल्ला बढ्दो छ । यतिसम्म की फलानो ठाँउमा यति जना मरे रे भन्ने बनावटी कुरा पनि सुनाउनेहरु भेटिए ।
धेरै मानिस आतंकित भएकाले के रहेछ भने जान्न खोज्दा थाहा भो, यो अफवाह मात्र रहेछ ।
एनसेलका कर्पोरेट संबादविज्ञ मिलनमणि शर्मा भन्छन, ‘यो नियतबस फैलाइएको अफवाह मात्र हो ।’
कसैले फोटोशपबाट बनाएर रातो नम्बरको आतंक फैलाएको रहेछ । मानिसहरुलाई उल्लु बनाउन प्रयांक गर्ने प्रचलन छ, यो पनि यसकै श्रुंखला भएको उनले बताए । 
एनसेलका कर्पोरेट संबादविज्ञ शर्माका अनुसार चार डिजिटको त्यो पनि रातो नम्बरबाट कल नै आउँदैन । ‘फोटोशप गरेर त्यस्ता फोटो समाजिक सञ्जालमा राखिदिएकाले हल्ला फिँजिएको हो,’ शर्माले भने, ‘यस्तो हल्लामा विश्वास नगर्नुस् ।’
यसबारे प्रहरीले पनि अनुसन्धान अघि बढाएको छ । 

तपाईंको बिचार