Sunday, August 20, 2017  |    

युवासंघद्धारा बानेश्वरमा सरकारी गाडीमा आगजनी

प्रकाशित मिति: 2016/12/30

पुस १५, काठमाडौं । एमाले निकट युवासंघले  बानेश्वरमा एक सरकारी गाडीमा आगजनी गरेको छ भने अर्को एउटामा तोडफोड गरेको छ ।

शुक्रबार दिउँसो बानेश्वरको अल्फाबिटा अगाडि बा २ झ १३९२ नम्बरको सरकारी स्कर्पियोमा आगजनी भएको हो । अर्को एउटा सरकारी गाडीमा तोडफोड भएको छ । बा २ झ १०५५ नम्बरको गाडीको अगाडिको सिसा फुटाइएको छ । उनीहरुले गाडीमा आगजनी गरि चालकलाई कुटपिट गरेको बताइएको छ ।
उनीहरुले सार्वजानिक विदाको दिन सरकारी गाडी चलाइएकोले आगजनी गरिएको बताएका छन् ।

तपाईंको बिचार