Monday, October 23, 2017

आजदेखि स्वयम्भुबाट पनि लाइसेन्स वितरण हुने

प्रकाशित मिति: 2017/01/01

पुस १७, काठमाडौं । आजदेखि यातायात व्यवस्था विभागले काठमाडौंको ठूलोभर्‍याङबाट पनि लाइसेन्स वितरण गर्ने भएको छ।

विभागले आइतबार स्वयम्भुको ठूलोभर्‍याङस्थित नयाँ कार्यालय उद्घाटन गर्दै सो कार्यालयबाट पनि लाइसेन्स वितरण गर्ने भएको हो।

एकान्तकुनामा लाइसेन्स लिन भिड भएर निकै समस्या भइरहेको बेला विभागले  नयाँ कार्यालयबाट पनि लाइसेन्स दिने भएको हो। कार्यालयले लाइसेन्स नवीकरणको कामका साथै अनलाइनमार्फत् आवेदन पनि लिने विभागले जनाएको छ।

तपाईंको बिचार