Wednesday, June 28, 2017  |    

लोडसेडिङमुक्त नेपाल

प्रकाशित मिति: 2017/01/01

पुस १७, काठमाडौं । अब मुलुक लोडसेडिङमुक्त हुने भएको छ । निजी क्षेत्रबाट उत्पादित १३ मेगावाट र भारतबाट ल्याइएको ४० मेगावाट बिजुली राष्ट्रिय प्रशासर लाइनमा थपिएपछि मुलुक लोडसेडिङ मुक्त हुने भएको हो ।

भारतबाट ल्याइएको बिजुली शनिबार रातिदेखि राष्ट्रिय प्रशासर लाइनमा थपिएको छ । भारतबाट ल्याइएको समेत ५३ मेगावाट विजुली राष्ट्रिय प्रशारण लाइनमा थपिएको हो । विजुली थपिएसँगै मुलुकभर लोडसेडिङ अन्त्य गर्न सहयोग पुग्ने बताइएको छ । मुलुकलाई लोडसेडिङ मुक्त गर्ने अभियानअन्तर्गत बिजुली थप गरिएको हो ।

शनिबार राति १२ बजेदेखि भारतबाट ४० मेगावाट बिजुली आउनेछ । १३ मेगावाट बिजुली स्वदेशी आयोजना मादीबाट थपिएको छ । ५३ मेगावाट बिजुली थपिएपछि अब लोडसेडिङ हुने सम्भावना बताईएको छ ।

तपाईंको बिचार