Monday, April 24, 2017  |    

सरकारद्वारा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ पदमुक्त

प्रकाशित मिति: 2017/01/05


पुस २१, काठमाडौं  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीलाई सरकारले बर्खास्त गरेको छ ।

ज्ञवालीको काम सन्तोषजनक नभएको भन्दै सरकारले एकसाताअघि १२ पन्नाको स्पष्टीकरण सोधेको थियो । ज्ञवालीले बुधबार ७२ पन्ने स्पष्टीकरण बुझाएका थिए ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

केपी ओली नेतृत्वको सरकारले ज्ञवालीलाई प्राधिकरण प्रमुखमा ५ वर्षको लागि नियुक्त गरेको थियो

तपाईंको बिचार