Friday, October 20, 2017

दुई न्यायाधीशको नाम सार्वजनिक

प्रकाशित मिति: 2017/01/05

पुस २१, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशका लागि उच्च अदालतका दुई मुख्य न्यायाधीशका सम्बन्धमा संसदीय सुनुवाइ हुने भएको छ ।

संसदीय सुनुवाइ विशेष समितिको आज सिंहदरबारमा बसेको बैठकले संविधानको धारा १२९ बमोजिम उच्च अदालत विराटनगर र पोखराका मुख्य न्यायाधीशद्वय क्रमशः तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीका सम्बन्धमा संसदीय सुनुवाइका लागि आमसञ्चारमार्फत सार्वजनिक गर्ने निर्णय गरेको सभापति कुलबहादुर गुरुङले जानकारी दिए ।

आमसञ्चारमार्फत न्यायाधीशद्वयको बिरुद्धमा उजुरी दिने समय १० दिन तोकिएको छ, १० दिनपछि आएका उजुरीमाथि छलफल गरी निर्णय गरिनेछ । 

तपाईंको बिचार