Monday, December 11, 2017

लोकमानको मुद्दामा आज बहस सकिँदै

प्रकाशित मिति: 2017/01/06

पुष २२, काठमाडौं । सर्वोच्च अदालतमा चलिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीको योग्यतासम्वन्धी मुद्दाको बहस सम्भवतः आज सकिँदैछ ।
न्यायाधीशत्रय आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलासमा आज पनि बहस हुँदैछ । यसका लागि आधा घण्टा समय तोकिएको छ । यसपछि रिट निवेदनको तर्फबाट जवाफी बहस हुनेछ ।
कार्कीको मुद्दामा आजै बहस सकिएर आदेश आउन सक्ने नभए आदेश दिने समय तय हुने बताइएको छ ।
कार्की अख्तियारको प्रमुख नियुक्त भएलगतै उनको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट परेको थियो । अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको उक्त रिट खारेज भयो ।

तर, अर्यालले दिएको पुनरावेदन निवेदनमा प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले निसा हुने फैसला सुनाएपछि यो मुद्दाले सबैको ध्यान तानेको छ । सर्वोच्चमा निसाको प्रक्रिया चलिरहँदा एमाले र माओवादीका सांसदहरुले संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि कार्कीले काम गर्न पाएका छैनन् ।
तर, संविधान संशोधन विधेयकलाई लिएर एमालेसहितका विपक्षी दलहरुले संसद अवरुद्ध गर्दै आएका कारण महाअभियोग प्रक्रिया पछिल्लो दिनमा अघि बढ्न सकेको छैन ।

 

तपाईंको बिचार