Thursday, April 27, 2017  |    

एमालेको शक्ति प्रदर्शन बेमौसमी बाजाः उपेन्द्र यादव

प्रकाशित मिति: 2017/01/06

पुष २२, विराटनगर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेले शक्ति प्रर्दशन गरेर मुलुकलाई मुठभेडतर्फ र्डोयाएको आरोप लगाएका छन् ।
शुक्रबार बिराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै संघीय गठबन्धनका संयोजकसमेत रहेका यादवले एमालेको शक्ति प्रदर्शन बेमौसमी बाजा भएको बताए ।
‘संविधान संशोधनको विरोधका नाममा एमालेले जुन गतिविधि गर्दैछ, त्यसले मुलुक मुठभेड तर्फ तानिँदै छ’ यादवले भने ।
उनले एमालेको शक्ति प्रर्दशनले जारी राजनीतिक गतिरोध अन्त्य नहुने वताए ।
नेता यादवले संविधान संशोधन बिना चुनाव भए आफुहरुलाई मान्य नहुने दोर्होयाएका छन् । उनले भने, ‘पहिला संविधान संशोधन गरी मधेसी जनताको अधिकार संविधानमा ग्यारेन्टी गरिनुपर्छ अनिमात्र निर्वाचनमा जाने हो ।’

 

तपाईंको बिचार