Saturday, June 24, 2017  |    

संशोधन विधेयक ल्याए संसद अवरुद्ध गर्ने विपक्षी ९ दलको निर्णय

प्रकाशित मिति: 2017/01/08

पुष २४, काठमाडौं । नेकपा एमालेसहितका विपक्षी ९ दलले संसद बैठकमा संविधान संशोधन विधेयक ल्याए प्रतिरोध गर्ने चेतावनी दिएका छन । 

निर्वाचनसम्वन्धी विधेयकहरु ल्याए पेश गर्न दिने निर्णय गरेको छ ।  
संसदको बैठक आज दिउँसो बोलाइएको छ । त्यसअघि बसेको विपक्षी ९ दलको बैठकले सर्वोच्चको आदेशको सम्मान गर्दै निर्वाचनसम्वन्धी विधेयक अघि बढ्न दिने निर्णय गरेको छ ।

तर, संविधान संशोधन विधेयक कुनै हालतमा पेश गर्न नदिने निर्णय भएको परिवार दलका अध्यक्ष एकनाथ ढकालले जानकारी दिए ।

तपाईंको बिचार