Wednesday, June 28, 2017  |    

युवकसँगै यौनकार्यमा संलग्न युवती समातिए

प्रकाशित मिति: 2017/01/09

पुस २५, झापा । झापाको बिर्तामोडस्थित नयाँ बसपार्कबाट चारजना भारतीय नागरिक र चारजना महिला यौनकर्मीलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत विहारका २८ वर्षीय रुपेश कुमार, २७ वर्षीय विशाल कुमार, २४ वर्षीय गौरवकुमार रौवन र २९ वर्षीय शिवमकुमार रहेको बताइएको छ । भारतको विहारबाट सिलिगुढी हुँदै उनीहरु नेपाल घुम्न आएका थिए । अवैध यौन गतिविधि भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बिर्तामोडको नयाँ बसपार्कस्थित स्वागतम होटलबाट उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर श्रेष्ठले जानकारी दिनुभयो । इलाका प्रहरीका कार्यालय अनारमनीले छापा मार्दा उनीहरु पक्राउ परेका हुन् । –रासस

तपाईंको बिचार