Monday, August 21, 2017  |    

एमालेले ‘धाँधली’को आरोप लगाएपछि लेखा समिति सभापतिको चुनाव स्थगित

प्रकाशित मिति: 2017/01/11

पुष २७, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेको आपत्तिपछि संसदको सार्वजनिक लेखा समितिका सभापतिको निर्वाचन कार्यक्रम स्थगित भएको छ ।

समितिको सभापति चयनका लागि आज बुधबार निर्वाचन गर्ने तय भएको थियो । तर, निर्वाचन कार्यक्रम तय भइसकेपछि सभामुखले समितिमा सदस्य थपेको भन्दै एमालेले आपत्ति जनाएको थियो ।
निर्वाचन तालिका सार्वजनिक भइसकेपछि सदस्य थप्नु भनेको चुनावमा भोट बढाउने एक प्रकारको धाँधली नै हो भन्दै असन्तुष्टि व्यक्त गरेको स्रोतले जनाएको छ ।
समितिका ५१ सदस्य मध्ये एमालेका १५ जना छन् ।

बुधवार निर्वाचन हुने गरी तालिका तय भइसकेपछि समितिमा कांग्रेसका तर्फबाट धु्रव वाग्ले सदस्य थपिएपछि एमालेले चुनावलाई असर गर्न खोजिएको भन्दै नीतिगत असहमति राखेको प्रमुख सचेतक भानुभक्त ढकालले बताए ।
यसको मुख्य जड भनेको चाहिँ लेखा समितिको सभापति एमालेले दाबी गर्नु हो ।
सरकारका गलत कामको निगरानी गर्ने समिति भएकाले यसको सभापति सत्तापक्षको हुन नमिल्ने प्रचलन छ ।
तर, एमाले माओवादीको अघिल्लो सरकारको पालामा नै कांग्रेसलाई यो समिति छाडिएन । माओवादीका जनार्दन शर्मा प्रभाकरले नै सभापति बनिरहे ।
तर, मन्त्री भएपछि उनले सभापतिबाट राजीनामा दिएका छन् । उनले छाडेपछि अनियमितता र भ्रष्टाचारको छानविन गर्ने संसदको महत्वपूर्ण समिति प्रभावकारी बन्न सकेको छैन ।

तपाईंको बिचार