Saturday, April 29, 2017  |    

पुनर्निर्माण प्राधिकरणको सिईओ ज्ञवाली बर्खास्त, डा. पोख्रेल नियुक्त

प्रकाशित मिति: 2017/01/11

पुष २७, काठमाडौं । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पदबाट सुशील ज्ञवालीलाई बर्खास्त गरेर डा. गोविन्द पोख्रेललाई नियुक्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पोख्रेललाई प्राधिकरणको सिईओमा नियुक्त गरेको हो ।

प्युठान रस्पुरकोट निवासी डा. पोख्रेललाई पुनर्निर्माण प्राधिकरणमा नियुक्त गर्न कांग्रेसले प्रस्ताव गरेको थियो ।

काम चित्तबुझ्दो नभएको भन्दै यसअघि सरकारले सुशील ज्ञवालीसँग स्पष्टीकरण सोधेको थियो । ज्ञवालीले भने सरकारकै असहयोगका कारण काम गर्न नसकिएको स्पष्टीकरण बुझाएका थिए । तर, स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले ज्ञवालीलाई पदबाट हटाएको हो ।

ज्ञवाली केपी ओली नेतृत्वको सरकारको पालामा पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए ।
यसअघि सुशील कोइराला नेतृत्वको सरकारले डा. पोख्रेललाई पुनर्निर्माण प्राधिकरणको प्रमुखमा नियुक्त गरे पनि सत्ता साझेदार दल एमाले र प्रमुख विपक्षी माओवादीले त्यससम्बन्धी विधेयक नै अगाडि बढाउन नदिएपछि औपचारिकता पाएको थिएन ।

तपाईंको बिचार