Thursday, April 27, 2017  |    

सार्वजनिक विदा पुनरावलोकन गर्ने सरकारको निर्णय

प्रकाशित मिति: 2017/01/11

पुष २७, काठमाडौं । सरकारले सार्वजनिक विदा पुनरावलोकन गर्ने भएको छ ।

पृथ्वी जयन्तीमा विदा दिनु पर्ने माग मन्त्रीहरुले पटक पटक उठाएका थिए । तर, सरकारले कुनै निर्णय गरेन ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले कुन दिवसमा राष्ट्रिय र कुन दिवस तथा पर्वमा प्रादेशिक र स्थानीय स्तरमा विदा दिने भन्ने सुझाव दिन गृह मन्त्रालयलाई भनेको छ ।
मन्त्रालयलाई एक महिना समय दिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए ।

त्यस्तै सरकारले निजामति कर्मचारीको उमेरहद ६० बर्ष बनाउने प्रस्तावसहितको संशोधन विधेयक परामर्शका लागि लोकसेवा आयोगमा पठाउने निर्णय गरेको छ ।

तपाईंको बिचार