Sunday, November 19, 2017

लोकसेवामा जागिर खुल्यो, ११ सय बढि नायब सुब्बाको माग

प्रकाशित मिति: 2017/01/11

पौष २७, काठमाडौं । लोकसेवा आयोगले निजामती सेवाका विभिन्न समूहमा १ हजार १ सय १२ जना नायब सुब्बाका लागि दरखास्त माग गरेको छ । ४ सय ५८ जना खुला प्रतिस्पर्धाबाट नियुक्त हुनेछन भने बाँकी निजामति सेवाको आन्तरिक प्रतिस्पर्धाबाट छानिनेछन् ।

लोकसेवाले माघ १८ गतेसम्मको म्याद दिएर दरखास्त माग गरेको हो । सबैभन्दा बढी मध्यमाञ्चल क्षेत्रका लागि १ सय ९८ नासु मागिएको छ । पूर्वाञ्चलका लागि ९१, पश्चिमाञ्चलका लागि ६९, मध्यपश्चिमाञ्चल क्षेत्रका लागि ५७, सुदूरपश्चिमाञ्चलका लागि ४३ पदमा खुला प्रतिस्पर्धा हुनेछ ।
यसमा आन्तरिक र खुला दुबै गरी प्रशासन सेवाअन्तर्गत आठ सय ९१ जना माग गरिएको छ । जसमा प्रशासन सेवाअन्तर्गत रहेको सामान्य प्रशासन समूहका लागि ५ सय ९२, लेखा समूहका लागि २ सय २२ र राजस्व समूहका लागि ७७ जना नासु पदमा नियुक्त हुनेछन् । अन्य समूहहरुमा पनि नासुका लागि दरखास्त खुलेको छ ।
खुला तथा आन्तरिकतर्फ प्रथम चरणको परीक्षा फागुनमा हुनेछ । दोस्रो चरणको परीक्षा वैशाखमा हुने आयोगले जनाएको छ ।
नायव सुब्बा दरखास्त दिन न्यूनतम शैक्षिक योग्यता प्रबणिता उत्तीर्ण वा सोसरहको नेपाली नागरिक हुनुपर्छ ।

तपाईंको बिचार