Friday, October 20, 2017

भारु २ हजार नोट नेपालमा चलाउनका लागि प्रश्ताब

प्रकाशित मिति: 2017/01/12

पौष २८, काठमाडौं । नेपालले भारतसामू भारु २ हजारको नोटको बैधानिक कारोबारका लागि प्रस्ताव गरेको छ ।

५ सय र एक हजारको पुरानो नोटमा प्रतिवन्ध लगाएको भारत सरकारले २ हजारको नोट ल्याएको छ ।
तर, यसको कारोबार अहिलेसम्म बैध छैन । भारतले आफ्नो फरेन एक्चेन्ज म्यानेजमेन्ट एक्ट अन्र्तगत फेमा नोटिफिकेसन जारी गरेपछि मात्र कारोबार बैध हुन्छ ।
भारु ५ सय र १ हजारको पुरानो नोट सटहीबारे छलफल गर्न नेपाल राष्ट्र बैंकको टोली अहिले भारतमै छ । यो टोलीले भारतीय केन्द्रीय बैंकसँगको छलफलमा पुरानो नोट सटहीका साथै २ हजारको नयाँ नोट नेपालमा चलाउने विषय उठाउनेछ ।

तपाईंको बिचार