Friday, November 24, 2017

तत्काल मन्त्रिपरिषद बिस्तार हुँदैन :राम कार्की, मन्त्री सञ्चार

प्रकाशित मिति: 2017/01/15

माघ २, बिराटनगर । सञ्चारमन्त्री राम कार्कीले तत्काल सरकार बिस्तारको कुरा हल्ला मात्र भएको वताएका छन् ।

संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव पासका लागि वहुमत र्पुयाउन सरकार पुनर्गठन हुने हल्ला चलिरहँदा सरकारका प्रवतmासमेत रहेका कार्कीको यस्तो धारणा आएको हो ।
बिराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसंग कुराकानी गदै मन्त्री कार्कीले सरकार पुनर्गठन हुने संभावना नरहेको भन्दै यो सवै हल्लामात्र भएको प्रस्ट पारे ।
एक अर्को प्रशंगमा सञ्चारमन्त्री कार्कीले केही दिनभित्रै सवै दलको सहमतिमा स्थानीय तहको निर्वाचनको घोषणा गर्ने सरकारको तयारी रहेको वताए । निर्वाचनका लागि भित्री तयारी पूरा भएको भन्दै दलीय सहमतिवाट अव चुनावको मिति घोषणा गरिने उनले जानकारी दिए ।

तपाईंको बिचार