Sunday, June 25, 2017  |    

नेपालमा चिनियाँ तस्कर बढ्दै

प्रकाशित मिति: 2017/01/17

माघ ४, काठमाडौं । पछिल्लो समय नेपाली भूमिमा चिनियाँ अपराधीहरुको चलखेल बढेको छ । लागू औषधदेखि डलरको तस्करीका घटना चिनियाँ नागरिकको संलग्नता खुल्न थालेको छ ।

गत शनिबार राति नागढुंगाबाट ४ करोड विदेशी मुद्रासँगै समातिएका तीन जना चिनियाँ नागरिकहरु झोला व्यापारीका रुपमा काठमाडौंमा बस्ने गरेको खुलेको छ । डलरसँगै पक्राउ परेर हाल प्रहरीको अपराध महाशाखाको नियन्त्रणमा रहेका चिनियाँ पुरुष चाङ तोङ फाङले नेपाली भाषा बुझ्ने र बोल्नसमेत सक्ने प्रहरीले बताएको छ । प्रहरीका अनुसार सन् २०१६ भरि भिसा थप्दै नेपालमा बस्दै आएका चाङ तोङ फाङ स्पष्ट नेपाली बुझ्न सक्छन् र बोल्न पनि सक्छन् ।

अर्को समातिएका चिनियाँ महिला चाउ स्यलिङ र चाउ लियाङ फङ पनि एक वर्षदेखि नेपालमा बस्दै आएका थिए । झोला व्यवसायका नाममा ठमेलको होटल गजुरमा बस्दै आएका तीनैजनाको राहदानी  नेपालकै भिसाले भरिएको छ ।

यतिबेला ठमेलमा चिनियाँहरुले थुप्रै होटल खोलेका छन । तर, ती होटलमाथि निगरानी नहुँदा तस्करीमा चिनियाँहरु सक्रिय हुन थालेको प्रहरीको भनाइ छ ।

मध्यरातमा सडकको बाटो हुँदै विदेशी मुद्रा बोकेर रसुवातिर लागेका तीन जनालाई पक्राउ गरेपछि प्रहरीले पहिलोपटक यी चिनियाँ नागरिकविरुद्ध संगठित अपराधमा मुद्दा चलाउने भएको छ । यो घटनालाई सामान्य रुपमा लिन नमिल्ने प्रहरी बताउ छन् । 

तपाईंको बिचार